मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले चैत २० गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने,शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्च मापदण्ड, २०७८ खारेज गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।



यस्तै मन्त्री शर्माले चैत्र १४ र चैत १० गतेका मन्त्रिपरिषद्का निर्णयहरु पनि सार्वजनिक गरिन् ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व प्रहरी नायब महानिरीक्षक उत्तमबावु सुवेदी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय

शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्च मापदण्ड, २०७८ खारेज गर्ने निर्णय

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय

नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठकमा सहभागि हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय

नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १५ औँ बैठक नेपालमा आयोजना गर्ने सैद्धान्तिक स्वीकृति दिने निर्णय

जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित बोटेचौर–भेडाबारी–धुलियाविट सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

चैत १४ गते बसेको मन्त्रिपरिषद्का निर्णय
नेपालको पूर्वी पहाडी क्षेत्रमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि विश्व वातावरण सुविधा (जिईएफ)बाट करिव ५५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालिन बैठकमा नेपालको सहभागिताका लागि अर्थमन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय

ग्रामिण सडकको स्तरोन्नतिको लागि एसियाली विकास बैंकसँग सम्झौता वार्ता गर्नका लागि वार्ता टोली गठन गर्ने र नेपाल चाइना बोर्डर इपिडेमिक प्रिभेन्सन एण्ड कन्ट्रोल मेकानिजमको दुई पक्षिय बैठकमा सहभागि हुन स्वीकृति दिने निर्णय

बंगलादेशमा आयोजना हुने नेपाल–बंगलादेश संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यसमूहको पाँचौ बैठकमा सहभागि हुन ऊर्जासचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय

जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम जिल्ला विपद् व्यवस्थापन समितिबाटै स्थानीय तहको समन्वयमा स्पष्ट खाका र मापदण्ड बनाई पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई निर्देशन दिने निर्णय

यस्ता छन् चैत १० गते बसेको मन्त्रिपरिषद्का निर्णय
देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पदमा देवघाट गाउँपालिका – ३ तनहुँका भीम बहादुर रानालाई तोक्ने निर्णय

चौरजहारी नगरपालिका रुकुम पश्चिमलाई कर्णाली प्रदेश स्तरीय फुटबल रंगशाला स्थापना गर्ने र सभाहल निर्माण गर्ने प्रयोजनको लागि जग्गा प्राप्ति गर्न स्वीकृती प्रदान गर्ने निर्णय

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. शैलेन्द्रराज उप्रेतीले पेस गरेको राजीनामा स्वीकृत गर्ने निर्णय

भरतपुर अस्पताल तथा भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा सञ्चालन गर्ने गरी शैक्षिक कार्यक्रम बिस्तार गर्ने निर्णय

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा लिलानाथ भण्डारीलाई नियुक्त गर्ने निर्णय

 

सम्बन्धित समाचार