नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।

नयाँ वर्ष विसं २०८० साल हाम्रो घर आँगनीमा आइपुग्न लागेको छ । यसै सन्दर्भमा सामाजिक सञ्जालका भित्ताहरू वार्षिक राशिफलका सामग्रीहरूले भरिएका छन् ।
वर्ष दिनमा ग्रहचारको चक्रमा जब सूर्यले ३६० डिग्री पूरा गरी पुनः शुन्य डिग्रीबाट अर्को वर्षको यात्रा तय गरेको स्थिति ज्योतिष गणितले देखाउँछ त्यसलाई मेषार्क अर्थात वि.सं.को नयाँ वर्ष मानिन्छ । वि.सं.को नयाँ वर्षको यही वैज्ञानिकताको कारणले अन्य संवत्का नयाँ वर्षमा भन्दा यो संवत्को नयाँ वर्षको विशेष महत्त्व रहने गर्छ ।
यही कारणले नै यो संवत्को नयाँ वर्षको वार्षिक राशिफल बढी महत्त्वपूर्ण मानिन्छ । र, नयाँ वर्षको वार्षिक राशिफलतर्फ सबैको ध्यान आकर्षित हुने गर्छ । यसै सन्दर्भमा आउँदै गरेको नयाँ वर्ष विसं २०८० साल कुन राशिलाई कस्तो खालको फलकारक रहेको छ भन्ने कुरालाई मध्यनजर गरी वरिष्ठ चर्चित ज्योतिषी दीपक सुवेदी (दीपक गुरु)ले बताएको राशिफलको भिडियोहरू दर्शक एवं श्रोता महानुभावको लागि यहाँ राखिएको छ हेरेर लाभ उठाउन सक्नु हुनेछ ।
बाह्रै राशिको एकमुष्ट राशिफल

