मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-३३ मालेबगरस्थित जागरुक युवा सहकार्य बङ्गुर फर्ममा काम गरी बस्ने धनकुटा घर बताउने ३२ वर्षीय नर बहादुर राई सोही ठाउँस्थित टहरोभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सिरहा, सिरहा नगरपालिका-१७ पटेर्वा बस्ने २४ वर्षीय देव कुमार चोरवार यादव आफै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता स्याङजा, पुतलीबजार नगरपालिका-३ बाडखोलास्थित बाडखोलामा भारत पश्चिम बंगाल घर भई सोही नगरपालिका-३ बस्ने २५ वर्षीय बप्पा दाशको सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटार बंगुर फर्म नजिक जस्ताको टहरोमा रामेछाप नामाडी गाउँपालिका-६ घर भएका ५० वर्षीय डिल्ली बहादुर सुनुवार आइतबार मृत अवस्थामा फेला परेका छन् । उता संखुवासभा, मकालु गाउँपालिका-५ सामसिङस्थित हातिसे खोल्सा नजिक दाङ घोराही उपमहानगरपालिका-२ बस्ने ४५ वर्षीय रमेश शर्मा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता लमजुङ, दुधपोखरी गाउँपालिका-२ भुम्लिचोकस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी संखुवासभा, चैनपुर नगरपालिका-१ पेवादिन बस्ने ३३ वर्षीय अर्जुन धिताल आफ्नै घर नजिक गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-४ देवीस्थानस्थित नमस्ते रिसोटमा सोही उपमहानगरपालिका-१५ श्यामचोक बस्ने ३६ वर्षीय नविन राई आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार