नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाल्पा, तानसेन नगरपालिका- ११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याल रहेका छन् । बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटनाहरु बढ्दै गएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

