अडियो प्रकरणमा मुछिएका ढाकाकुमार श्रेष्ठको पार्टीको सदस्यता तथा सांसद पद खारेज (विज्ञप्तिसहित)

कंशाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय

अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठको पार्टी र सांसद पद खारेज भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले उनकोपार्टी र सांसद पद खारेज गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए ।



दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उनको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले बताए ।

त्यस्तै बैठकले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने प्रक्रिया अघि बढाउने पनि पार्टीले निर्णय गरेको सभापति लामिछानले जानकारी दिए ।

आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार