डढेलोले देशभर वायु प्रदूषण बढ्दै, विश्वकै दोस्रो प्रदूषित शहर बन्यो काठमाडौं

देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।

विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा काठमाडौँ दोस्रो स्थानमा रहेको छ । स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरको दोस्रो नम्बरमा परेको हो ।



आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौँ दोस्रो सूचीमा रहेको हो । थाइल्याण्डको च्याङमाइ शहर विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ ।

सम्बन्धित समाचार