पदभार ग्रहण गर्दै यसो भने परराष्ट्रमन्त्री साउदले

नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् । उनले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे ।



मन्त्री साउदले भने, ‘हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।’ यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उनले विश्वास व्यक्त गरे ।

आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेका हुन् । साउदले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सम्बन्धित समाचार