नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ बैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । स्याङजा, बिरुवा गाउँपालिका-१ बिरुवा बजारस्थित धनमाया खत्रीको घरमा उदयपुर गाईघाट घर भएका ३५ वर्षीय रमेश नाम गरेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै पाल्पा, रामपुर नगरपालिका-४ कोप्चेघाटस्थित कालीगण्डकी नदीको किनारमा स्याङ्जा चापाकोट नगरपालिका-८ दामाचौर बस्ने ५३ वर्षीया सरस्वती पाठक सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता काभ्रे, पनौती नगरपालिका-८ मल्पी डेरा गरी बस्ने ओखलढुङ्गा घर भएका ४० वर्षीय राज कुमार विसुन्खे सोही ठाउँस्थित खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कास्की, पोखरा महानगरपालिका-१३ स्थित दुई कुलाको मुहानमा हाल नाम, थर, वतन, नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । उता इलाम, माई नगरपालिका-८ चेपे खोला नजिकै हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

