मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ फेला परेका छन् ।  तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ स्याउली बजारस्थित बेलचौतारा भिमाद सडकको नालीमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृतकको टाउकोमा चोट देखिएकोले ईलाका प्रहरी कार्यालय बेलचौतारा र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको लागि ४ जनालाई नियन्त्रणमा लिएको छ ।



त्यस्तै नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-२ हाटबजारस्थित बाटोमा रूपन्देही बुटवल नगरपालिका-३ बस्ने ४० वर्षीय राजेन्द्र बासखोर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, जानकी गाउँपालिका-५ पथरैया बस्ने ७५ वर्षीय चन्द्र कामी सोही गाउँपालिका-२ फरेण्डास्थित सुक्खा नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सुनसरी, रामधुनी नगरपालिका-७ रासताल बस्ने ४५ वर्षीय शिब लाल गिरी बुधबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।गाउँपालिका-२ फरेण्डास्थित सुक्खा नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार