दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् । आज (शनिबार) दिउँसो साढे एक बजेतिर तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी रहेका छन् । शनिबार दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए ।



भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए । तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर थाहा पाएपछि दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको र उनको  खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार