तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर बढी मतले अगाडि, यस्तो छ ताजा मतपरिणाम  

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्ले  दोब्बर बढी मतले अगाडि रहेका छन् ।

आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा यो समाचार तयार पार्दा सम्म डा वाग्लेले दोब्बर बढी मतले अगाडि रहेका हुन् ।  हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले १५ हजार १३५ , नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ र  नेकपा (एमाले) का सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।



तनहुँको आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना  जारी छ ।

सम्बन्धित समाचार