नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ बैशाख ।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले विजयी भएका छन् । आज(मंगलबार) बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार ९११ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका छन् ।
यसैगरी राप्रपाका शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा ६५ हजार ३१६ मत खसेकामा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो ।