नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ बैशाख ।
चितवन-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले कायमै रहेको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त ररेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ४५८ मत पाएका छन् ।
त्यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत प्राप्त गरेको मुख्य निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।