नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ बैशाख ।
चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन-२ बाटै निर्वाचित भएका थिए ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरे ।
लामिछानेले गत मङ्सिर ४ को निर्वाचनको पनि रेकर्ड ब्रेक गरेका छन् । यसअघि भएको निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत पाएर विजय भएका थिए । अहिले उनले गत निर्वाचन भन्दा ४ हजार ९७४ मत बढी पाए ।चितवन-२ मा ७८ हजार २ सय ७७ मत खसेको थियो ।