नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ बैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आज (बुधबार) झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै पार्टी कार्यक्रममा सहभागी भएका ओलीलाई ढुङ्गामुढा प्रहार गरी कालो झन्डा देखाइएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताए ।
कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उहाँमाथि आक्रमणको प्रयास गरेको प्रवक्ता रिजालको भनाइ छ । कडा सुरक्षा घेराबीचमा कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली इलाम गइसकेको उनले बताए ।