नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ बैशाख ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छोराबुहारी अगाडि सारेर फुरफुर नगर्न चेतावनी दिएका छन् । बिहीबार इलाममा आयोजित कार्यक्रममा ओलीले पूर्वराजालाई यस्तो चेतावनी दिएका हुन् ।
झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको भन्दै उनले छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर भन्दै चेतावनी दिएका हुन् । हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनको दाबी छ ।
एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् ।ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’
यद्यपि हिमानी शाहको नाममा खोलिएको उक्त एकाउन्ट फेक रहेको एमाले सचिवालयले जनाएको छ । गत बुधबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीमाथि बुधबार बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही समूहले ढुंगामुढा गरेका थिए ।