नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा कानुन समितिको हलमा सदस्यद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सभामुख देवराज घिमिरेसमक्ष उनीहरुले शपथ लिएका हुन् । त्यस्तै उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथ समारोहमा अनुपस्थित रहे ।
यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन २, वाग्ले तनहुँ १ र बारा २ बाट उपेन्द्र यादव निर्वाचित भएका थिए ।