नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ बैशाख ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ६०० रहेकोमा मंगलबार रु १ लाख ११ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ५० रहेकामा मंगलबार प्रतितोला रु १ लाख १० हजार ६५० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारको मूल्य अनुसार नै कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४४५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले बैशाख २१ गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार २५० मा कारोबार भएको थियो ।