नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ बैशाख ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार ८०० रहेकोमा बिहीबार रु १ लाख ११ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार २५० रहेकामा बिहीबार प्रतितोला रु १ लाख ११ हजार ५० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको तुलनामा ५५ रुपैयाँ घरदै एक हजार ३७५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३७५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले बैशाख २१ गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार २५० मा कारोबार भएको थियो ।