नवकान्तिपुर संवाददाता
काठमाडौं, १ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पक्राउ पर्ने डरले फरार रहेका एमाले नेता रायमाझी अन्ततः आइतबार राति पक्राउ परेका थिए । उनलाई म्याद थपका लागि सोमबार जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको थियो ।
पक्राउ पुर्जी जारी भएको ११ औं दिनमा रायमाझी काठमाडौंको बुढानिलकण्ठमा पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझीका छोरा सन्दीप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन् ।