अनुपराज कँडेल
टोकियो, ४ जेठ ।
चितवन समाज जापानको चौथो अधिवेशन यही जेठ ३ गते जापानको टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले ईश्वरी कँडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
चितवनबाट जापान आएर रोजगार, व्यवसाय तथा अध्ययनलगायत विभिन्न पेशा गरी जापानलाई कर्मथलो बनाउँदै आएका समस्त चितवनवासीहरूको साझा संस्था चितवन समाज जापानको चौथो अधिवेशनले अध्यक्ष कँडेललगायत अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ ।
नवगठिन कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टङ्क गैरे, उपाध्यक्षहरूमा प्रदीप खरेल, राम खरेल र अनिल पौडेल, महासचिवमा कविकिरण न्यौपाने, सचिवमा अनुपराज कँडेल तथा विनोदकुमार सापकोटा, कोषाध्यक्षमा धिरण कँडेल, सह–कोषाध्यक्षमा मनीषा प्रधान चयन भएका छन् ।
त्यस्तै, अधिवेशनले कार्यसमितिका सदस्यहरूमा क्रमशः वीरेन्द्र सापकोटा, युवराज ढकाल, विवश कँडेल (महेन्द्र), विमल कँडेल, लक्ष्मण गैरे, अमित सापकोटा र विनोद कुमाललाई पनि चयन गरिएको छ ।