दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

विहीबार बसेको प्रतिनिधिसभामा बोल्दै तत्कालीन दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

बैठकमा बोल्दै सांसद प्रभु शाहले गौर हत्याकाण्डको छानबिनका विषयमा प्रश्न उठाएका थिए ।



जवाफमा प्रधानमन्त्री प्रचण्डले ‘गौर हत्याकाण्डमात्र होइन, देशको ठूलो र डरलाग्दो दरबार हत्याकाण्डको पनि हुनुपर्छ’ भनेका छन् ।
उनले क्यान्टोनमेन्टमा कुनै अनियमितता नभएको पनि बताएका छन् । उनले माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान पनि तयार रहेको पनि बताएका छन् ।

सम्बन्धित समाचार