नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ जेठ ।
अन्तत: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले पूर्णता पाएको छ । आज (मंगलबार) जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार वन तथा वातावरण मन्त्रीमा विरेन्द्रप्रसाद महतो र शिक्षा राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् । महतो र प्रमिलाको नियुक्ति सँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति –