नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।
सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (बुधबार) बिहान ४ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । यसअघि गत जेठ ७ गते पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो ।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।