मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा, गुजरात ८१ रनले पराजित  

मुम्बई ईन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको ईलिमिनेटर खेलमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ८१ रनले पराजित हो ।

चेन्नाईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । मुम्बईका लागि क्यामरन ग्रीनले  ४१ रन बनाए भने सुर्य कुमार यादव ३३ रन जोडे ।



त्यस्तै तिलक बर्मा २६ रन बनाई आउट भए भने नेहाल वधेराले २३ रन जोडे ।  यस्तै ईशान किशनले १५  टिम डेभिडले १३ र कप्तान रोहित शर्माले ११ रन बनाए । लखनउका लागि नविन उल हकले ४ विकेट लिए भने यश ठाकुरले ३ विकेट लिँदा मोहसिन खानको भागमा १ विकेट रह्यो ।

१८३ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउ १६ दशमलब ३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटिएको थियो  । लखनउका लागि मार्कस स्टोयनिसले ४० कायल मेयर्सले १८ र दीपक हुडाले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका लागि आकाश मधवालले ५ विकेट लिए भने क्रिस जोर्डन र पीयुष चावलाको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै मुम्बईले दोस्रो  क्वालिफायर शुक्रबार गुजरात टाईटन्ससँग खेल्ने छ । पहिलो क्वालिफायर खेलमा गुजरात चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो । दोस्रो क्वालिफायरको विजेता टोली फाइनल पुग्नेछ । यता ईलिमिनेटर खेलमा पराजित लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल खेल आगामी आइतबार  अहमदाबादमा हुनेछ ।

सम्बन्धित समाचार