नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बिहीबारबाट लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागले सार्वजनिक काठमाडौँ उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको जनाएको छ ।
मन्त्रालयले घटाएको भाडा दर बिहीबारै राजपत्रमा प्रकाशित भएको छ । भाडा घटेको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । नेपाल आयल निगमले गत चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १०/१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु १०/१० ले भाउ घटाएको थियो ।
गत वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम १८ रूपैयाँ भाडा तिर्नु पर्थ्यो । अब भने न्यूनतम भाडा १७ रूपैयाँ हुनेछ ।