नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ८ हजार ३०० रहेकोमा बिहीबार रु १ लाख ८ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ८ सय रहेकामा बिहीबार प्रतितोला रु १ लाख ८ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजर ३४५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले बैशाख २१ गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार २५० मा कारोबार भएको थियो ।