राष्ट्रपतिद्वारा विभिन्न देशका लागि गैरआवासीय राजदूत नियुक्त, कुन देशमा को ? (सूचीसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयलले विज्ञप्तिमार्फत जनाएको छ ।



साथै उल्लेखित राजदूतहरु क्रमशः पोखरेललाई पपुवा न्यूगिनी, काफ्लेलाई कोलम्बिया र रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । यसअघि पनि राष्ट्रपतिले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार