पत्रकार स्याङ्तानको उपचारको लागि जापानबाट २ लाख बढी रकम सहयोग

दुबै मृगौला फेल भइ उपचारको क्रममा रहेका पत्रकार प्रेम स्याङ्तान लामाको उपचारार्थ जापानबाट २ लाख ५ हजार आर्थिक सहयोग जुटेको छ । नेपाल पत्रकार महासंघ जापान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको सहयोगमा उक्त रकम जुटेको हो ।

सन् २००६ देखि पत्रकारितामा क्रियाशील पत्रकार स्याङ्तान मुटु, सुगर तथा मृगौला सम्बन्धी रोगबाट पीडित भई राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन् ।



पीडितको आर्थिक अवस्था कमजोर रहेको र उपचारको लागि धेरै खर्च हुने भएपछि नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मिँयाले नेपाल पत्रकार महासंघ जापान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानलाई आर्थिक सहयोगको लागि अनुरोध गरेका थिए ।

पत्रकार महासंघ कतार शाखाका पूर्व सह–सचिव तथा तत्कालीन राजधानी साप्ताहिक कतारका संवाददातासमेत रहेका पत्रकार लामाको शीघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग रकम नेपाल पत्रकार महासंघ केन्द्रमार्फत बुधबार जापान मनी एक्सप्रेसबाट नेपाल पठाएको हो ।

 

सम्बन्धित समाचार