प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

सातको सनाखत 

प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा कार दुर्घटनामा परेको  हो । 

सोमबार अपराह्न २ः४५ बजे स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए  । उनका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको र एकजनाको सनाखत हुन बाँकी रहेको बताए ।



दुर्घटनामा परी मृत्यु हुनेमा दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पोखरेल, निजको १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल , दाङ लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह, कारका चालक दाङ लमही नगरपालिका–४ का ४९ वर्षीय ताराबहादुर कुमाल रहेका छन् । अन्य एकजनाको सनाखत हुन बाँकी रहेको छ  ।

सम्बन्धित समाचार