नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असार ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार ६०० रहेकोमा बिहीबार रु १ लाख ९ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार १०० सय रहेकामा बिहीबार प्रतितोला रु १ लाख ८ हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ३६० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३७० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले जेठ १९ गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ७५० मा कारोबार भएको थियो ।