नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ४०० रहेकोमा बुधबार रु १ लाख ११ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ८५० रहेकामा बुधबार प्रतितोला रु १ लाख ११ हजार ५० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दै ४० रुपैयाँ बढ्दै एक हजार ४४० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४०० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले जेठ १९ गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ७५० मा कारोबार भएको थियो ।