बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयद्वारा फोहोरमैला बिर्सजनमा अवरोध

बन्चरेडाँडा ल्याण्डफिल साइटमा बिर्सजन गर्दै आएको फोहोरमैला स्थानीयबासीले अवरोध गरी बिर्सजनमा रोक लगाएका छन् । काठमाडौबाट फोहोरमैला बोकेर बन्चरेडाडा पुगेका सयौ कन्टेनरहरु स्थानीयहरुले पर्काइदिएका छन । सोमबारबाट शुरु भएको आन्दोलन टुङ्गोमा नपुगी नरोकिने स्थानीयहरु बताउँछन् ।

फोहोर र मानवसँगै बस्न नसकिने भन्दै मानवरहित फोहोर या फोहोररहित मानव हुने पर्ने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । ‘कि हामीलाई मारिदे, कि बस्ती सारिदे’ भन्ने नाराको ब्यानर राखेर भएको कार्यक्रममा स्वतःस्फुर्त रुपमा स्थानीयहरु जुटेका थिए । सहभागी स्थानीयबासीहरू सरकार र काठमाडौ महानगरपालिकाको चर्को विरोध गरीरहेका छन् ।



फोहोरको दुर्गन्धले गाउँ बस्तीहरु गन्हाइरहेको उनीहरूको भनाई छ । उनीहरूका अनुसार घरहरूमा बस्न नस्कने अवस्था छ, फोहोर झिँगाहरुले घरको भान्सा छपक्कै छोपेको छ, कुनै भयानक रोगको शिकार हुने सम्भावना बढेको छ ।

फोहर फालिएको ठाउँबाट आउने दुर्गन्धबाट ककनी गाउँपालिकाका सिउँडेनी, पैरे ढुङ्गाना गाँउ, कागती गाँउ र धुनीबेसी नगरपालिकाका पाठक गाउँ, गैरीगाउँ, छत्रेदेउराली, चिलाउने गाउँ आदि बढी प्रभावित छन् ।

अव्यवस्थित फोहरका कारण कुनै पनि बेला प्रभावित क्षेत्रमा कुनै महमारीले गाउँ नै सखाप पार्ने डरले स्थानीयबासी त्रस्त बनेका छन् । यस्तो अवस्थामा पनि सरोकारवाला निकाय र सिंहदरवार बेखबर हुनु दुःखको कुरा भएको ककनी गापा वडा नं. ३ का वडाध्यक्ष घननाथ बजगाई बताउँछन् ।

सम्बन्धित समाचार