नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-९ स्थित साथी पेट्रोलपम नजिक सडकमा प्रदेश न.१-०२-००३ ह ५५७७ नम्बरको सिटीसफारीले प्रदेश न.१-०२-०४२ प २८ को स्कुटरलाई ठक्कर दिँदा दिई दुर्घटना हुँदा स्कुटरमा सवार इनरुवा नगरपालिका-७ बस्ने २४ वर्षीया सन्जु चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । सिटीसफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मनाङ, ङिस्याङ गाउँपालिका-१ तलेखुस्थित सडकमा ध.१ ज ६०५ नमबरको जीप सडकबाट करिब ६ मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जीपमा सवार बर्दिया गेरुवा गाउँपालिका-३ बस्ने २८ वर्षीय अबिषेक थारुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मनाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।