सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा ५०० रुपैयाँ वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । यसअघि २०८० जेठ १९ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ३०० मा कारोबार भएको थियो ।

स्थानीय बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० रहेकोमा बुधबार रु १ लाख १३ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० रहेकामा बुधबार प्रतितोला रु १ लाख १२ हजार ५५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ४९५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४९० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यसअघि सुनको मूल्यले २०८० जेठ १९ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ७५० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार