सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ८०० रहेकोमा बिहीबार रु १ लाख १३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार २५० रहेकामा बिहीबार प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार ४८० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४९५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार