नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।


स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार रहेकोमा सोमबार रु १ लाख ११ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ६५० रहेकामा सोमबार प्रतितोला रु १ लाख ११ हजार ६५० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार ४५५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४६० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।
