नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
कपिलवस्तुबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तुबाट स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन् । उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।