पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

ग्यासको भने घट्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ९ र डिजेलमा प्रतिलिटर रु ७ बढाएको छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३० घटाएको छ ।

मंगलबार राति १२ बजेदेखि कायम हुने गरी एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार ७ सय ९० बाट घटेर रु एक हजार ६ सय ६० कायम हुनेछ । हवाई इन्धनको हकमा हाललाई यथावत् राखिएको विज्ञप्तिमा जनाइएको छ ।



अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आएपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएकाे छ ।

सूची :

 

सम्बन्धित समाचार