मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । सल्यान, शारदा नगरपालिका-१४ ढारखानी बस्ने ४६ वर्षीया प्रमिला गिरी आफ्नै मकैबारीमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । घासँस काट्न गएकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा हँसियाले चोट लागेको अवस्थमा शव फेला परेको हो ।

त्यस्तै खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ सिमिसे बस्ने ७३ वर्षीय शम्शेर राई आफ्नै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजल ओख्रेनी बस्ने ३२ वर्षीय भिम कुमारी राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।



यस्तै कास्की, पोखरा महानगरपालिका-१४ भोटेचौतारास्थित भिरमा सोही महानगरपालिका-१४ सेती दोभान बस्ने ७३ वर्षीय ईन्द्र जिसि शनिबार मृत अवस्थामा फेला परेका छन् । उता रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ५५ वर्षीय अरमान नाउ मुसलमान सोही ठाउँस्थित तेलार खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी तनहुँको म्याग्दे गाउँपालिका-५ धारापानी थाङदीस्थित सेती नदीको किनारमा अन्दाजी ३५ वर्षीय पुरुष, रामेछापको मन्थली नगरपालिका-१ हाटेचौरस्थित तामाकोशी नदीको किनारामा अन्दाजी २२ वर्षीय पुरुष, सर्लाहीको मलंगवा नगरपालिका-९ स्थित कृष्णमती माध्यमिक विद्यालयको बराण्डामा अन्दाजी ३२ वर्षीय पुरुष, मकवानपुरको भिमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमती खोलामा अन्दाजी १७ वर्षीया किशोरी र रोल्पाको सुनछहरी गाउँपालिका-७ खागलास्थित भिरमा एक जना मानिस शनिबार मृत अवस्थामा फेला परेका छन् ।उनीहरु सबैको हाल नाम, थर, वतन खुल्न सकेको छैन । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार