नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । रुपन्देही, गैडहवा गाउँपालिका-२ बस्ने ५० वर्षीय शंकराते थारु तिलोत्तमा नगरपालिका-६ स्थित पानीको कुलोमा सोमबार मृत अबस्थामा फेला परेका छन् ।
त्यस्तै तनहुँ, भिमाद नगरपालिका-७ सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता कालिकोट, खाडाचक्र नगरपालिका-२ सुनार खोला बस्ने ८१ वर्षीया लाईशोभा जैसी सोही ठाउँस्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै उदयपुर, कटारी नगरपालिका-१ चौफालघाटस्थित कमला खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । उता रामेछाप, मन्थली नगरपालिका-१ एयरपोर्ट नजिकै तामाकोसी नदीको किनारमा दोलखा कालिन्चोक गाउँपालिका-२ दारेपा बस्ने ६२ वर्षीय भिम बहादुर थामी आइतबार मृत अवस्थामा फेला परेका छन् । साउन १५ गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यता काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखाना चोकस्थित इलाईट बोर्डिङ स्कुल अगाडी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-५ सयपत्री सामुदायिक वनको गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।