थापा संयुक्त राष्ट्रसङ्घ, स्थायी नियोगको लागि राजदूत नियुक्त (विज्ञप्तिसहित)

संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा लोकबहादुर थापा नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी  विज्ञप्तिमा जनाइएको छ ।



त्यस्तै राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातन्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विज्ञप्ति :

सम्बन्धित समाचार