नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
नवनियुक्त मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज (सोमबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन् ।
उक्त समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।