पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ५ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ बढाएको छ  ।

पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुने छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।



मंगलबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आएपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएकाे छ । इन्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएको हो । यता हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

सूची :

सम्बन्धित समाचार