मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । काठमाडौं, टोखा नगरपालिका-११ गोगंबु गणेशस्थान नजिक प्रेम बहादुर माझीले आफ्नै घरमा संचालन गरेको सिन्धुली रिमिक्स खाजा घरमा विगत १४/१५ वर्षदेखि काम गर्दै आएका रामेछाप मन्थली नगरपालिका-१३ घर भएका ४७ वर्षीय फडेन्द्र खप्‍तडी सोही घरको पहिलो तलाको आफू बस्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वा बस्ने प्रभु महतो केवटको छोरा १८ वर्षीय सेट कुमार केवट आफ्नै कोठमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता डडेल्धुरा, पर्शुराम नगरपालिका-१२ आमपानी बस्ने मोहन राउटेकी छोरी १४ वर्षीया अमृता राउटे सोही नगरपालिका-१२ रङगुन खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस्तै रौतहट, कटहरिया नगरपालिका-८ स्थित सडक छेउमा सोही नगरपालिका-९ डुमरिया बस्ने २० वर्षीय टिमन भन्ने रामअनन्दी माझी बुधबार मृत अवस्थामा फेला परेका छन् । उता झापा, मेचीनगर नगरपालिका-५ बस्ने ५७ वर्षीय शेर बहादुर प्रधान सोही ठाउँस्थित मेचीखोलाको बगरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी चितवन, राप्ती नगरपालिका-१२ नेटाराङ बस्ने ४८ वर्षीय धनकाजी प्रजा सोही ठाउँस्थित रेबती लोथर खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सल्यान, त्रिबेणी गाउँपालिका-१ सल्लेरीस्थित सल्लेरी सामुदायिक वनमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ५७ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१२ ज्यामिरेखोला बस्ने आइतराम बुढाथोकीको छोरा ५ वर्षीय आकाश बुढाथोकी घर नजिकैको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-७ गौरीघाट मैजुबहाल डेरा गरी बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-६ घर भएका ४६ वर्षीय बाधव प्रसाद गौतम आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ भानुमार्ग बस्ने सगुन चेम्जोङको घरको गेट नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार