रवि लामिछानेले संसद्लाई बन्धक बनाउन मिल्दैन भनेपछि… 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । शुक्रबार  झापाको बिर्तामोडमा  आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने भन्दै जनताका धेरै कुरा उठाउनुछ भन्दै चाँडोभन्दा चाँडो सदन खुलाउन आग्रह गरे  ।



उनले भने, ‘जनताका धेरै कुरा उठाउनुछ । चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।’

त्यस्तै सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गरे  ।

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरुले सबोधन गरेक्क थिए ।

सम्बन्धित समाचार