नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदौ ।
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । झापामा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका-२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई रहेका छन् । माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटनाम वृद्धि भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।