नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ ।
फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । आइतबार भएको खेलमा इङ्ल्याण्डलाई १-० ले पराजित गर्दै स्पेनले पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो ।
स्पेनलाई उपाधी दिलाउन ओल्गा कार्मुनाले निर्णायक गोल गरिन् । अष्ट्रेलिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मकखेलको २९ औं मिनेटमा कार्मुनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा १-० मा सकिएको खेलमा स्पेनले खेलको ७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेपछि स्पेनले अग्रता दोब्बर बनाउने अवसर खेर फालेको थियो ।
यता इङ्ल्याण्डले पनि केही गोल गर्ने सुन्दर अवसर खेर फालेको थियो । स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको हो ।