नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अबियोग्मा सोमबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेका छन् । डाँगीले ती महिलालाई दाङको घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समय नेपालमा जबरजस्ती करणीको घटना वृद्धि भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।