पठाओ सेवाको चार वर्ष पूरा, अब पार्सल सुविधा पनि आरम्भ

नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक कम्पनी पठाओ नेपालल ‘पठाओ पार्सल’ सेवा पनि आरम्भ गरेको छ । काठमाडौँ उपत्यकाभित्र कतै सामानहरू पुर्याउनु परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।

‘बिर्सिनु त स्वाभाविक हो, पठाओ पार्सल छँदैछ नि !’ भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न पार्सल सेवा पनि विस्तार गरेको हो । पठाओको मोबाइल एपमार्फत यो सेवा लिन सकिने पठाओ कम्पनीले जनाएको छ ।



पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल्ऽ सेवा पनि राइड सेयरिङ्ग सेवा जस्तै छिटो छरितो र सुरक्षित हुने पजि प्रवक्ता थापाले जानकारी दिए ।

पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही भएमा २ हजार रूपैयाँसम्म क्षतिपूर्ति गरिने समेत थापाले बताए ।

यसअगाडि बाइक, कार लाइट (ट्याक्सी), पठाओ बजार र पठाओ फुडको सेवा दिंदै आएको पठाओले आफ्ना सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन पार्सल सेवा आरम्भ गरिएको पनि प्रवक्ता थापाले जानकारी गराए ।

चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ । केही समयदेखि परीक्षणमा रहेको यो सेवा अगस्ट ९ देखि पूर्ण रूपमा सुचारू भएको हो ।

पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा

पठाओ नेपालको कार लाइट (ट्याक्सी)को सेवा ४ वर्ष पूरा भएको छ । सन् २०१८ सेप्टेम्बदेखि बाइकमा राइड सेयरिङ सेवा सुरू गरेको पठाओले सन् २०१९ अगस्ट ९ देखि नेपालमा कार लाइट सुरू गरेको थियो ।

बार्गेनिङको झन्झट नहुने, चोकसम्म खोज्न जान नपर्ने र गेटदेखि गेटसम्म सेवा हुने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्रयाकिङको व्यवस्था भएको, १० लाखसम्मको इन्स्योरेन्स भएको जस्ता सुविधाले कार लाइटको लोकप्रियता बढ्दो दरमा रहेको पनि थापाले बताए ।

हाल काठमाडौं उपत्यकामा आठ हजारभन्दा बढी ट्याक्सी पठाओमा आवद्ध छन् ।

सम्बन्धित समाचार